अवैध लागूऔषध सहित पक्राउ
२०७९-०१-०९
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-४ उत्तर बेहडी डेरा गरी बस्ने गोदावरी नगरपालिका-५ घर भएका २१ वर्षीय सन्तोष रानालाई १ ग्राम २ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने वस्तु, १ थान बिग्रेको डिजिटल काटा र नगद २५ हजार ९ सय ६० रुपैयाँ सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले रानाकै कोठाबाट उक्त परिमाणको लागूऔषध, काटा र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।