अवैध लागूऔषध सहित पक्राउ तथा बरामद
२०७९-०१-१०
- A
- A-
- A+
झापा, मेचिनगर नगरपालिका-६ काँकरभिट्टास्थित मेची पुल छेउबाट करिब २८ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ माथ्लो भंगा टोल बस्ने ३९ वर्षीय मोहन बहादुर पाईजा मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट करिब ३ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत बहराईच बस्ने ३० वर्षीय अर्जुन निशादलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जमुनाहबाट नेपालगंजतर्फ आउँदै गरेको भे.१ ह १७६ नम्बरको अटोलाई सिमा प्रहरी चौकी जयसपुर र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा अटोमा सवार निशादलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-६ सिसौलीबाट करिब १ सय १९ केजी अवैध लागूऔषध गाँजा शनिबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त ठाउँस्थित कोशी नदीमा गाडीको ट्यूवमा राखि लागूऔषध गाँजा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीलाई देख्नासाथ ५ वटा बोरा फाली मानिसहरू फरार भएपछि बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।