जुवा खेलिरहेको अवस्थामा ७ जना पक्राउ
२०७९-०१-१२
- A
- A-
- A+
मोरङ, ग्रामधान गाउँपालिका-४ कटहरामा जुवा खेलिरहेको अवस्थामा ग्रामथान गाउँपालिका-५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङ समेत ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।