प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-०१-१३

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय १६ पिस, नाईट्रोसन १ सय ५ पिस, स्पास्मो प्रोक्सिभन ८० पिस, अवैध लागूऔषध गाँजा ९३ ग्राम २ सय २० मिलिग्राम र ३ पिस लागूऔषध जस्तो देखिने ट्याब्लेट सहित सप्तरी कन्चनरुप नगरपालिका-४ बस्ने २१ वर्षीय सन्तोष हलुवाईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ५०४९ नम्बरको हाइसलाई भिमानस्थित चेकपोईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार उनलाई झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
चोरी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ
२०८०-०२-१८

काठमाडौं महानगरपालिका-२६ लैनचौरस्थित वाल्डो क्यासिनोमा चिनियाँ नागरिकको नगद ३ लाख नेपाली रुपैयाँ चोरी गरेको अभियोगमा भारत पटना घर भएका २८ वर्षीय सरिव खानलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।  चोरी भएको भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले सिसिटिभि लगायतका प्रविधिको सहयोगमा अनुसन्धान गर्ने क्रममा उक्त नगद चोरीमा खानको संलग्नता खुल्न आएपछि दरबारमार्गस्थित प्यालेस क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा खानलाई फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति पक्राउ
२०८०-०२-१८

काठमाडौं, ज्यान सम्बन्धी कसूर अपराधका फरार व्यक्ति सर्लाही ईश्वरपुर नगरपालिका-८ चौधरी बस्ती बयलवास बस्ने ४० वर्षीय नरेश चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  सिरहा कर्जन्हा नगरपालिका-१० बगाहा खोलाको पुल मुनी तनहुँ पोखरी भन्ज्याङ घर भई नवलपरासी साविक आदर्श बस्ने २५ वर्षीया कल्पना परियार २०७० असोज २९ गते बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा नरेश चौधरी संलग्नता खुल्न आएपछि सर्लाही ईश्वरपुर नगरपालिका-८ चौधरी बस्ती बयलवासमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  उनलाई थप आवश्यक कानूनी कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चौयामा बुझाइएको छ ।