अवैध लागूऔषध सहित पक्राउ
२०७९-०१-१५
- A
- A-
- A+
झापा, बिर्तामोड नगरपालिका-३ घर भई सोही नगरपालिका-४ सयपत्री मार्ग डेरा गरी बस्ने २६ वर्षीय प्रमोद शाहलाई २ ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले शाहको कोठा तलासी गर्दा उक्त पदार्थ, नगद ११ हजार ५ सय ४० रूपैयाँ र ७ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बिर्तामोड नगरपालिका-४ स्थित न्यू होलीडे होटलबाट ९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित मेचीनगर नगरपालिका-१ बस्ने ३९ वर्षीय ओम चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।