प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सात थान भरुवा बन्दुक सहित चार जना पक्राउ

२०७९-०१-१८

  • A
  • A-
  • A+
Share

रुपन्देही, देवदह नगरपालिका-६ भलुहीस्थित उजेरी पाल्पाली सामुदायिक बनबाट ७ थान भरुवा बन्दुक, सोही बन्दुकमा लाग्ने छर्रा १ सय २५ थान र  करिब २ सय ५० ग्राम बारुद सहित सोही नगरपालिका-६ सताकखोला बस्ने ३६ वर्षीय गणेश राना लगायत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

  उक्त वनभित्र भरुवा बन्दुक सहित मानिसहरु हिडेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी भलुही र ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।