अवैध लागूऔषध सहित पक्राउ
२०७९-०१-२२
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङस्थित बुद्दचोक डेरा गरी बस्ने भारत बेतिनि घर भएका २८ वर्षीय अख्तर खानलाई ४ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ र बागमती प्रदेश ०३-००५ प ३४६५ नम्बरको मोटरसाइकल सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको कोठा जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ट्याब्लेट र डाईलेक्स डिसी ४ बोतल सहित केराबारी गाउँपालिका-२ बस्ने २८ वर्षीय लोकेश लिम्बुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका लिम्बुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत मोरङबाट लागूऔषध कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।
यसैगरी मोरङ, बिराटनगर महानगरपालिका-१६ स्थितबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ६ सय ट्याब्लेट र डाईलेक्स डिसी २ बोतल सहित विराटनगर महानगरपालिका-५ बस्ने २१ वर्षीय मिलन कार्कीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका कार्कीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत मोरङबाट लागूऔषध कसूरमा ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।