नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०१-२३
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट नियन्त्रित लागूऔषध २ सय ९१ एम्पुल नुर्फिन, २ सय ९१ एम्पुल फेनारगन र २ सय ९१ एम्पुल डाइजेपाम सहित भारत विहार मोतीहारी थाना रामगढवा बेलाहा-१० बस्ने २२ वर्षीय असरफ अलीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारत रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेका उनलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उनी उपर लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको छ ।