तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
२०७९-०१-२४
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-१७ क्षेत्रपाटीस्थित होटल गणेश हिमालको कोठा नम्बर ८०८ मा तास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका-५ सितापाईला बस्ने मुस्ताङ घुसाङ गाउँपालिका-३ घर भएका ६८ वर्षीय मिन बहादुर गुरुङ लगायत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८६ हजार ९ सय ५० रुपैयाँ र ९ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।