नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०२-०१
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१६ इनर्वागाउँबाट नियन्त्रित लागूऔषध फेनारगन ३९ एम्पुल, डाईजेपाम १ एम्पुल र नुफिन ३९ एम्पुल सहित चितवन पिपले गाउँपालिका-४ बस्ने २१ वर्षीय नवराज डल्लाकोटीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट इनर्वागाउँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।