अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-०४
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट करिब ६ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका-९ बस्ने २३ वर्षीय राम कुमार बिकलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ख ४१२८ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाईसमा सवार बिकलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।