नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०२-०४
- A
- A-
- A+
पर्सा, ठोरी गाउँपालिका-२ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट ४७ ट्याब्लेट सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका-१ बस्ने १९ वर्षीय सोम दास थारु, ३० वर्षीय निशान सिहं र २० वर्षीय रामलिला महतो रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।