नवनिर्मित भवनहरू उद्घाटन
२०७८-०६-१५
- A
- A-
- A+
सप्तरी, २०७८ असोज १५ गते
जिल्ला प्रहरी कार्यालय सप्तरीको हाताभित्र नवनिर्मित सिनियर प्रहरी अधिकृत निवास, नागरिक सहायता कक्ष र राजगढ गाउँपालिका-१ स्थित प्रहरी चौकी झुटकीको नवनिर्मित भवनहरूको शुक्रबार उद्घाटन भएको छ ।
उक्त भवनहरूको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रन्जितकारले उद्घाटन गर्नुभएको हो ।
नेपाल सरकारको नियमित बजेटबाट निवास एवं प्रहरी चौकी तथा २ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा संचार मन्त्रालय जनकपुरधामको आर्थिक सहयोगमा नागरिक सहायता कक्षको निर्माण कार्य सम्पन्न भएको हो ।
कार्यक्रममा २ नम्बर प्रदेश संघिय प्रहरी ईकाइ कार्यालय जनकपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमाशंकर पंजियार, २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजबिराजका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल, प्रमुख जिल्ला अधिकारी जनार्दन शर्मा लगायतको उपस्थिति रहेको थियो ।