प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-०२-११

  • A
  • A-
  • A+
Share

सर्लाही, ब्रहमपुरी गाउँपालिका-४ त्रिभुवननगर झिलपुल जाने बाटोबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ हजार २ सय १५ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बागमती नगरपालिका-११ बस्ने २१ वर्षीय रोहित वोट र सोही ठाउँ बस्ने २० वर्षीय रोशन शर्मा रहेका छन् । भारतबाट नेपालतर्फ आउदै गरेको प्र.२ -०३-००६ प ९२२९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

बारा, कलैया उपमहानगरपालिका-१० मटिअर्वा पुरानो चौक स्थित सडकबाट नियन्त्रित लागूऔषध फेनारगन ४ सय एम्पुल, डाईजेपाम ४ सय एम्पुल र नुर्फिन ४ सय एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ भवानिपुर बस्ने ४२ वर्षीय निर्वान मियाँ र सोही उपमहानगरपालिका-६ मदर्शा टोल बस्ने ४० वर्षीय ओसी अहमद रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको ना.८ प ७७५५ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी मटिअर्वा बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । उनीहरू उपर लागूऔषध मुद्दामा जिल्ला अदालत बाराबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको छ । 

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित गोदावरी नगरपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट करिब ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा आलिताल गाउँपालिका-३ बस्ने २७ वर्षीय भरत महरा, धनगढी उपमहानगरपालिका-१२ बस्ने २३ वर्षीय पुरन विक र डोटी गैरा घर बताउने २३ वर्षीय मोहन ओली रहेका छन् । उक्त स्थानमा भरत महरालाई प्रहरीले १ सय मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिई सोधपुछ गर्ने क्रममा अन्य २ जना संलग्न रहेको खुल्न आएपछि पुरन र मोहनलाई धनगढी उपमहानगरपालिका-४ बाट थप ३ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट करिब ७ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सजित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर र सोही नगरपालिका-३ बस्ने २२ वर्षीय मिसेक राई रहेका छन् । तेह्रथुम शुक्रबारेबाट धरानतर्फ जाँदै गरेको को.१ ख ५१०५ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-८ कालो पुलबाट करिब १० ग्राम ७२ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने २३ वर्षीय दिनेश चौधरी समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको सु.प.प्र.०२-००३ प ३९९३ नम्बरको मोटरसाइकल र एक साइकल समेत प्रहरीले बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।   




सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पक्राउ
२०७९-०३-२१

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाजाँको धुलो जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएको ३२ वर्षीय जिवन चौधरीलाई सोमबार साँझ प्रहरी पक्राउ गरेको छ । झोलामा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालीका-५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषध १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन सहित बारा कलैया नगरपालिका-९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५९५८ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको झोलाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्कबाट नियन्त्रित लागूऔषध ९ सय १७ एम्पुल नुरफिन, ९ सय ५ एम्पुल फनारगन र ९ सय २४ एम्पुल डाइजेपाम सहित रुपन्देही खैरेनी नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद पुरी सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुटवलदेखि बागलुङतर्फ जाँदै गरेको लु.२ ख ५३१६ नम्बरको बसमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।