नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०२-१२
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ स्कुलरोडबाट नियन्त्रित लागूऔषध वनरेक्स २६ बोतल सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-१० घर भई हाल वडा नम्बर ८ बस्ने ३१ वर्षीय राजेश विक र सोही उपमहानगरपालिका-५ बस्ने गढी गाउँपालिका-७ घर भएका २६ वर्षीय मानवीर थिङ रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त स्थानमा पैदल हिँडिरहेको उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी हेटौंडा उपमहानगरपालिका-१३ पदमपोखरीबाट नियन्त्रित लागूऔषध डाइजेपाम, फेनारगन र नुर्फिन गरी ३३ एम्पुल सहित सोही ठाउँ बस्ने २३ वर्षीय निक्मा लामालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।