नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०२-१३
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट नियन्त्रित लागूऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल, फेनारगन १२ एम्पुल र नाईट्रोसन २० ट्याब्लेट सहित सुन्दरहरैचा नगरपालिका-७ बस्ने २३ वर्षीय दिपक चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-८ बस्ने २१ वर्षीय पवन बासफोर र २४ वर्षीय आशिष राजबंशीलाई नियन्त्रित लागूऔषध लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३७ एम्पुल, डाईजेपाम ३५ एम्पुल, लेबल बिनाको ३ एम्पुल र लागूऔषध लोड भएको १० एमएलको सिरिन्ज १ थान सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।