अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-१६
- A
- A-
- A+
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट करिब ४२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सुनसरी ईटहरी उपमहनागरपालिका-६ बस्ने २० वर्षीय आस्मिक कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२० राझा चोकबाट करिब १ ग्राम १ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-११ लोकनगर बस्ने २५ वर्षीय प्रभुदयाल थारुलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका-४ फरेष्टी बस्ने १९ वर्षीय अबिसेक सुन्दास समेत ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । बा.प्र.३-००१ ख०३०७ नम्बरको गाडीलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-१३ श्रीलंकाबाट ३ ग्राम १ सय ८० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित सोही उपमहानगरपालिका-१३ बस्ने ३४ वर्षीय शेर सिंह धामीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-५ गेटा नहर टोल डेरा गरी बस्ने दार्चुला अपिहिमाल गाउँपालिका-३ घर भएका ३६ वर्षीय डम्बर कार्कीलाई ६ सय ५० ग्राम ३ सय मिलिग्राम अवैध लागूऔषध चरेस सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । कार्कीले लागूऔषध चरेसको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
बाग्लुङ, ताराखोला गाउँपालिका-५ खोठे बजार बस्ने ५० वर्षीय गिर बहादुर पुनलाई करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ताराखोलाबाट खटिएको प्रहरीले पुनलाई उनकै घरमा लुकाई राखेको उक्त लागूऔषध र गाँजा बनाउने प्रयोग भएको २ थान मेसिन सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।