अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-१६
- A
- A-
- A+
काठमाडौं, तेह्रथुम, लालिगुराँस नगरपालिका-२ स्थित बसन्तपुर बजारबाट करिब ६ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-२ प्रगति टोल बस्ने २४ वर्षीय जोसेफ गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरी, औरही नगरपालिका-४ कटुधारस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २ सय १० ट्याब्लेट सहित सिन्धुली कमलामाई नगरपालिका-२ बस्ने २१ वर्षीय देवेन्द्र कार्कीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । सम्सीबाट गौशालातर्फ जाँदै गरेको प्र.२-०२-००१ ह.०७५१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार कार्कीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।