अवैध लागूऔषध सहित पक्राउ
२०७९-०२-२१
- A
- A-
- A+
कैलाली, टिकापुर नगरपालिका-४ मौरनिया बस्ने २२ वर्षीय जीवन शाह र जानकी गाउँपालिका-६ जगतपुर बस्ने २२ वर्षीय ललित कडायतलाई करिब ७ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-१ स्थित जीवन शाहको निर्माणाधिन ग्यारेजमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई ग्यारेजमा लुकाई राखेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१५ शान्तिनगरस्थित सुग्रिम होटल एन्ड फास्ट फुट होटलबाट करिब २ ग्राम ३० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका-१६ बस्ने ३० वर्षीय रमेश पुनमगर र रुकुम पूर्व उत्तरगंगा गाउँपालिका-७ बस्ने २० वर्षीय बिशाल बुढामगर रहेका छन् । उक्त होटलमा अवैध लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले बिशालको साथबाट ९ सय १० मिलिग्राम र रमेशको साथबाट १ ग्राम १ सय २० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।