अवैध लागूऔषध सहित पक्राउ
२०७८-०६-१९
- A
- A-
- A+
काठमाडौं, २०७८ असोज १९ गते
पर्सा, कालिकामाई गाउँपालिका-१ मुर्लीबाट २ केजी अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका तिनदुबिया बस्ने ३० वर्षीय लोकराज पटेललाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कालिकामाईबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, जितपुर सिमरा उपमहानगरपालिका-२० बस्दिल्बा बस्ने ५० वर्षीय ईजराईल मियाँ अन्सारीलाई करिब १३ केजी अवैध लागूऔषध सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।