प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

चोरी गरी लैजाँदै गरेको मोटरसाइकल सहित पक्राउ

२०७९-०२-२७

  • A
  • A-
  • A+
Share

भक्तपुर, चाँगुनारायण नगरपालिका-२ दुवाकोट केएमसी चोकबाट सिन्धुली तिनपाटन गाउँपालिका-६ घर भई काठमाडौं न्यूरोड बस्ने २० वर्षीय भोज बहादुर श्रेष्ठलाई चोरी गरी ल्याएको मोटरसाइकल सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरी आएका भोज बहादुरले बाग्मती प्रदेश ०२-०३३ प ६०९१ नम्बरको मोटरसाइकल लक तोडी चोरी गरी ल्याएको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको   हो । उनलाई नियन्त्रणमा लिने क्रममा उनले हातपात गरी घाइते भएका १ जना प्रहरी जवान कोरियन अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।


सम्बन्धित समाचार
कानको मुन्द्रा चोरी गरेको अभियोगमा पक्राउ
२०७८-१२-०८

कास्की, पोखरा महानगरपालिका-१ टुडिखेलस्थित राष्ट्रिय माविको गेट अगाडिको सोही विद्यालयमा अध्ययनरत २ जना बालिकाले कानमा लगाएको सुनका मुन्द्रा चोरी गरेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-१० रामबजार बस्ने स्याङजा घर भएकी २५ वर्षीया अम्बिका पुलामी मगर, सोही महानगरपालिका-१७ राष्ट्र बैंक चोक बस्ने पञ्चासे सुन चाँदी पसलका संचालक ६४ वर्षीय थमन सिंह विश्वकर्मा र सोही ठाउँ बस्ने नितिशा ज्वेलर्स सुनचाँदी पसलका २७ वर्षीय नितेश विश्वकर्मा रहेका छन् । ती बालिकाहरुको कानको मुन्द्रा चोरी लगेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले सोही महानगरपालिका-१५ घले चोक नयाँ गाउ मार्ग सडक खण्डबाट उनीहरुलाई ७.६ लाल रहेको सुन जस्तो देखिने पहेँलो धातुले बनेको स-साना मुन्द्राका टुक्राहरू सहित फेला पारी पक्राउ गरेको हो । अनुसन्धानको क्रममा अम्बिकाले २ जना बालिकाले कानमा लगाएको मुन्द्रा चोरी गरी थमन सिंहलाई बिक्री गरेको र पुन: थमन सिंहले नितेशलाई बिक्री गरेको खुल्न आएको छ ।उनीहरु उपर चोरी तथा डाँका सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ । 

लुटपाटमा संलग्न रहेको अभियोगमा ५ जना पक्राउ
२०७८-१०-०५

धनुषा, बटेश्वर गाउँपालिका-४ राम्रोचोकबाट महोत्तरी भंगाहा नगरपालिका-७ गोराना बस्ने अमित कुमार पासवानको साथबाट ४५ हजार भारतीय रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बटेश्वर गाउँपालिका-४ बस्ने २७ वर्षीय जिवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कम्लेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेश रवि दास रहेका छन् । जिवन लगायत ४/५ जना व्यक्तिहरुले भारतबाट काम गरी घरतर्फ जाँदै गरेका अमित कुमारको साथबाट उक्त धनमाल लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बटेश्वरबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुलाई नियन्त्रणमा लिने क्रममा घाइते भएका १ जना प्रहरी कर्मचारीको स्थानिय मेडिकल हुँदै थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा उनको उपचार पश्चात डिस्चार्ज भएका छन् ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।