प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध हातहतियार सहित पक्राउ तथा बरामद

२०७९-०२-२७

  • A
  • A-
  • A+
Share

ओखलढुङ्गा, सिद्दिचरण नगरपालिका-६ जन्तरखानी माथिल्लो मैदाने बस्ने ३५ वर्षीय कामे शेर्पालाई १ थान भरुवा बन्दुक सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा र अस्थाई प्रहरी पोष्ट ठाडेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । 

जाजरकोट, छेडागाड नगरपालिका-५ चंखेलास्थित झाडीमा लुकाई छिपाई राखेको १ नाल भरुवा बन्दुक शुक्रबार बिहान प्रहरीले बरामद गरेको छ । उक्त झाडीमा लुकाई राखेको बन्दुक ईलाका प्रहरी कार्यालय वडाबनबाट गस्ती गईरहेको प्रहरीले फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको  छ ।


सम्बन्धित समाचार
कटुवा पेस्तोलसहित तीन जना पक्राउ
२०८१-०१-११

बाँके, नेपालगंज उपमहानगरपालिका-१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १ थान, उक्त पेस्तोलको गोली १ थान र मोबाइल ३ थानसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका-१४ बस्ने हुसेन बागवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे.६ प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पेस्तोलसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।