मोटरसाइकल चोरीमा संलग्न ४ जना पक्राउ
२०७८-०६-१९
- A
- A-
- A+
स्याङ्जा, २०७८ असोज १९ गते
विभिन्न मितिमा ७ थान मोटरसाइकल र २ थान स्कुटर चोरी भएको घटनामा संलग्न ४ जनालाई वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा स्याङ्जा भिरकोट नगरपालिका-२ बस्ने २० वर्षीय बिप्लब श्रेष्ठ, २० वर्षीय ज्ञान बहादुर गुरुङ, रुपन्देही बुटवल उपमहानगरपालिका-१२ बस्ने ३४ वर्षीय बिष्णु बहादुर नेपाली र सोही उपमहानगरपालिका-११ बस्ने २८ वर्षीय प्रकाश सिन्धौली (सार्की) रहेका छन् ।
उनीहरू उपर जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।