प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

२०७९-०२-२८

  • A
  • A-
  • A+
Share

रूपन्देही, शुद्धोधन गाउँपालिका-१ कुस्माबाट करिब १ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सैनामैना नगरपालिका-४ बस्ने २९ वर्षीय दिपक थापा र २६ वर्षीया मनिषा विक रहेका छन् । ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१५ बसपार्कबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका-१ मनवा बस्ने २० वर्षीय सुनिल पटेल र सखुवा प्रसौनी गाउँपालिका-१ बस्ने ४५ वर्षीय चन्द्रदेव महतो रहेका छन् । नेपालबाट भारततर्फ जाँदै गरेको प्रदेश २-०३-०२० प ३८१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बैबाहबाट करिब २ ग्राम ६ सय ९० मिलिग्राम अवैध लागूऔषध हेरोईन जस्तो देखिने पदार्थ सहित भिमदत्त नगरपालिका-२ महौलिया बस्ने २५ वर्षीय सुबास चौधरी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको लु.८४ प ८१०८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी झिलमिलाबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-२४ पामेबाट करिब ११ केजी अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने तनहुँ शुक्लागण्डकी नगरपालिका-८ घर भएका २७ वर्षीय मनिष थापालाई गएराति प्रहरीले पक्राउ गरेको छ । भकुण्डेबाट पामेतर्फ जाँदै गरेको ग.४ प ८६१८ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी पामेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक थापालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

सुनसरी, बराहक्षेत्र नगरपालिका-९ छब्बिसपाइवस्थित बाँसको झाडिमा लुकाई राखेको करिब ७० केजी अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले उक्त स्थानमा २ वटा बोरामा लुकाई राखेको उक्त परिमाणको लागूऔषध गाँजा फेला पारी बरामद गरेको हो । 

यसैगरी सुनसरी, बराहक्षेत्र नगरपालिका-२ देवीस्थानबाट करिब २ केजी अवैध लागूऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीलाई देख्नासाथ प्र.१-०२-४८ प ६२४६ नम्बरको  मोटरसाइकल छाडी चालक फरार भएपछि मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित तीन जना पक्राउ
२०८०-०६-११

झापा, मेचीनगर नगरपालिका-६ स्थित काँकरभिट्टा भन्सार गेट अगाडिबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित बुद्धशान्ति गाउँपालिका-२ बस्ने ४२ वर्षीय दिपक प्रसाद प्रसाईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.५ प ५७०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार प्रसाईलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यसैगरी झापा, भद्रपुर नगरपालिका-५ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ९ सय ५० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१५ बस्ने ३६ वर्षीय बिजय कुमार राजवंशी र २६ वर्षीय सुमन राजवंशी रहेका छन् । प्रहरी बिट मेचिपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.६ प ८६८८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित औषधि तथा नियन्त्रित लागूऔषधसहित मानिस नियन्त्रणमा
२०८०-०६-१०

काठमाडौं, लागूऔषध नियन्त्रण व्यूरो तथा औषधी ब्यवस्था बिभागको संयुक्त रुपमा खटिएको टोलीले काठमाडौं उपत्यकाका बिभिन्न मेडिकल स्टोरहरुमा चेक जाँच गर्ने क्रममा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ स्थित सर्लाही कौडिना गाउँपालिका-४ बस्ने २८ वर्षीय सुशिल कुमार पटेलले संचालन गर्दै आएको रस्मी मेडिकलहलबाट नियन्त्रित औषधी जुबलिन १ सय ट्याब्लेट, स्पास्पेन ७ सय ७४ ट्याब्लेट, टेनोड २ सय ट्याब्लेट र ट्यापेन्टा २ सय ट्याब्लेट र प्रोमेथाजिन ३ सय ट्याब्लेट बरामद गरी उक्त नियन्त्रित औषधीहरु र संचालकलाई आवश्यक कारबाहीको लागि औषधी ब्यवस्था बिभाग बिजुलीबजार काठमाडौंमा बुझाएको छ । साथै ललितपुर महालक्ष्मी नगरपालिका-५ स्थित धनुषा लक्ष्मीया गाउँपालिका-१ बस्ने ३५ वर्षीय जितेन्द्र कुमार यादवले संचालन गर्दै आएको श्रेया हेल्थ केयरबाट नियन्त्रित औषधी पेकोलिक ६ सय ३६ ट्याब्लेट, प्यान्डोल ३५ ट्याब्लेट, प्रेगाबालिन १० ट्याब्लेट, टापेन्डोल १६ ट्याब्लेट,  भोमी १ सय ६५ ट्याब्लेटसहित संचालक यादवलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि औषधी ब्यवस्था बिभाग बिजुलीबजार काठमाडौंमा बुझाइएको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।  यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ४५ ट्याब्लेट र स्पास क्यापसुल १२ पिससहित तनहुँ देवघाट नगरपालिका-२ बस्ने १७ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीबाट काठमाडौं आउँदै गरेको म.प्र.०३-००१ ख ९०३० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ
२०८०-०६-१०

 मकवानपुर, हेटौंडा उपहानगरपालिका-१४ कालिका खोल्साबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने ३३ वर्षीय धन बहादुर विक र मनहरी गाउँपालका-१ बस्ने ४० वर्षीय अवतार सिंह डिमडुङ रहेका छन् । उक्त खोल्सामा लागूऔषध गाँजा लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।   यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध  गाँजा करिब २० केजीसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चितवन राप्ती नगरपालिका-३ बस्ने २२ वर्षीय अशोक तामाङ र ३२ वर्षीय बिसन प्रजा रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले प्रदेश ३-०१-०२५ च ५७८३ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम १ सय ६० मिलिग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-७ बस्ने २२ वर्षीय बिनय कुवँर र सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय दिनेश रावत रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-१० ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ५५ मिलिग्रामसहित सोही नगरपालिका-१९ बस्ने ३२ वर्षीय राम किशन रानालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले रानालाई साइकलमा लुकाई राखेको उक्त पदार्थसहित पक्राउ गरेको हो ।   मोरङ, बिराटनगर महानगरपालिका-१८ लाभाघाटबाट अवैध लागूऔषध गाँजा करिब २१ किलो ५ सय ग्राम र नगद ४० हजार रुपैयाँसहित को.१ च ४६१९ नम्बरको एम्बुलेसका चालक सुनसरी धरान उपमहानगरपालिका-११ बस्ने ३८ वर्षीय गंगा सरकारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेको उक्त एम्बुलेस र बीआर ३८ एएफ ०३३६ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्ने क्रममा एम्बुलेसको डिक्कीमा राखेको उक्त गाँजा र नगद सहित एम्बुलेन्स चालक गंगालाई पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।  यसैगरी मोरङ, बिराटनगर महानगरपलिका-१८ लाभाघाटस्थित खेतबाट अवैध लागूऔषध  गाँजा १६ किलो ५ सय ग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ । उक्त खेतको परालमा वेवारिसे अवस्थामा गाँजा लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधनगर र अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।  रूपन्देही, मायादेवी गाउँपालिका-२ माहादेवाबाट अवैध लागूऔषध खैरो हरोइन जस्तो देखिने धुलो ३३ ग्राम १ सय १० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीया सन्ध्या मल्लाहलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको छ भन्ने  सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय सुर्यपुराबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त धुलोसहित पक्राउ गरेको हो । साथै सोही ठाउँ बस्ने रमई मल्लाहको घर तलासी गर्दा अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो ३३ ग्राम ४ सय ८० मिलिग्राम फेला पारी प्रहरीले बरामद गरेको छ । हाल फरार रमईको प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरील थप अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित छ जना पक्राउ
२०८०-०६-०९

झापा, शिवसताक्षी नगरपालिका-११ दुधेस्थित साकिरा यातायात प्रालिको काउन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ७० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ धरमपुर बस्ने २९ वर्षीय साजन राई र ३५ वर्षीय सुन्दर लावती रहेका छन् । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले प्र.१-०१-०१३ प ६५८१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उनीहरूले काठमाडौं पठाउन भनि ल्याएको चामलको बोराभित्र लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी दुवै जनालाई स्कुटरसहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्रामसहित बिर्तामोड नगरपालिका-६ बस्ने २० वर्षीय सुजन विश्वकर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  उदयपुर, त्रियुगा नगरपालिका-३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय ८० मिलिग्रामसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-३ ठाडी बस्ने ३२ वर्षीय हरि कुमार निरौला, ४० वर्षीय रतनमणि भन्ने रोहित चौधरी र २४ वर्षीय नागेश्वर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित पक्राउ
२०८०-०६-०८

झापा, भद्रपुर नगरपालिका-५ स्थित मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ६० मिलिग्रामसहित मेचीनगर नगरपालिका-१३ चाराली बस्ने ३३ वर्षीय नितेश लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले प्र.१-०१-०१६ प ३७११ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित स्कुटर चालकलाई पक्राउ गरेको हो । मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बरको ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  ५८ ग्राम ७८ मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-१२ बस्ने ४० वर्षीय शुसिल कुमार साह र चितवन भरतपुर महानगरपालिका-१ बस्ने ३२ वर्षीय राज कुमार श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्रीहरु जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो ।  दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८०-०६-०८

उदयपुर, उदयपुरगढी गाउँपालिका-८ कमान बस्ने ३० वर्षीया उर्मिला खत्रीलाई अवैध लागूऔषध गाँजा करिब २ केजीसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजासहित पक्राउ गरेको हो ।  बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित जुम्ला तातोपानी गाउँपालिका-५ बस्ने २४ वर्षीय प्रविण चौलागाईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  पर्सा, जिराभवानी गाउँपालिका-१ गमहरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३२ केजीसहित ठोरी गाउँपालिका-४ विजयबस्ती बस्ने ३४ वर्षीय क्षेत्र बहादुर श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.६१ प ९७०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमा बाँधेर ल्याएको उक्त पदार्थसहित चालक श्रेष्ठलाई पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-१४ चाउथेस्थित प्रतिभा टोलबाट नियन्त्रित लागूऔषधसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१४ डेरा गरी बस्ने स्याङजा घर भएका ३१ वर्षीय सन्तोष थापा मगर र सोही ठाउँ बस्ने पाल्पा माछागढी गाउँपालिका सेराई घर भएका ४० वर्षीय केश बहादुर कुमाल रहेका छन् । सन्तोषले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध नुर्फिन १ हजार १ सय ३२ एम्पुल, फेनरागन १ हजार ३ सय ६१ एम्पुल, डाईजेपाम १ हजार २ सय २ एम्पुल, गाँजा ३ सय ग्राम, कोडिन फस्फेट ९० ट्याप्लेट, ६ लाख ३२ हजार २ सय १० नेपाली रूपैयाँ, २ हजार ४ सय ५० भारतीय रूपैयाँ,  ल्यापटप १ थान, ट्याब १ थान, विभिन्न कम्पनीको मोबाईल ७ थान, घडी ४ थान, क्यामेरा १ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।