अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-०१
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट ३६ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्त सहित झापा शिवसताक्षी नगरपालिका-११ बस्ने ३२ वर्षीय पूर्ण बहादुर बिश्वकर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २३१४ नम्बरको बसमा सवार उनलाई जाँच गर्दा झोलामा गिफ्ट पेपरले बेरी ल्याउँदै गरेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सिन्धुली, कमलामाई न.पा.९ भिमानबाट नियन्त्रित लागूऔषध जस्तो देखिने ५ सय ५० पिस नाइट्राजेपाम सहित सर्लाही लालबन्दी नगरपालिका-५ बस्ने २६ वर्षीय समिर राईलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५८८७ नम्बरको गाडीलाई ईलाका प्रहरी कार्यालय भिमानबाट ट्राफिक प्रहरी सहित खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार राईले झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।