अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-०८
- A
- A-
- A+
महोत्तरी, भंगाहा नगरपालिका-३ स्थितबाट ५ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका-३ भंगाहा टोल बस्ने ६८ वर्षीय बेच्न साह र सोही नगरपालिका-५ ढकाल टोल बस्ने राजन कार्की रहेका छन् । लागूऔषध गाँजाको पुरिया बनाई बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी सितापुरबाट खटिएको प्रहरीले बेच्न साहको घरबाट ५ सय ग्राम र राजन कार्कीको घरबाट ५० ग्राम गाँजा बरामद गरी उनीहरुलाई पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-५ स्थितबाट २ केजी ५ ग्राम अवैध लागूऔषध चरेस सहित बझाङ्ग बुंगल नगरपालिका-८ घर भई हाल धनगढी उपमहानगरपालिका-५ तारानगर डेरा गरी बस्ने २८ वर्षीय प्रेम ऐडीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ पुरानो भन्सार रोड बस्ने २६ वर्षीय गणेश बिष्टलाई १० ग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उनकै घरबाट उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-२ चारपानेबाट करिब ३४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बुद्दशान्ती गाउँपालिका-४ बस्ने ३१ वर्षीय चन्द्र बहादुर लिम्बुलाई मंगलबार साँझ पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-१ बस्ने ३० वर्षीय प्रकाश रोकाय र मुगु छायानाथ रारा नगरपालिका-३ बस्ने ३० वर्षीय श्री बहादुर खड्का रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।