अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-०९
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-९ पृथ्वीचोकबाट १ केजी ३६ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही महानरपालिका-९ शिवटोल बस्ने १९ वर्षीय निखिल खड्का सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त ठाउँमा लागूऔषध गाँजा बिक्री भइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
रुपन्देही, कञ्चन गाउँपालिका-१ बकुलघाटबाट करिब २ ग्राम ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २९ वर्षीय महेश प्रसाद थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।