प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध हेरोइन सहित पक्राउ

२०७९-०३-०९

  • A
  • A-
  • A+
Share

काठमाडौं, लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उपत्यका तथा वरपरका एरियामा सञ्चालन गरेको निग्रानीको क्रममा ४ किलो ९ सय ग्राम अवैध लागूऔषध हेरोइन सहित राहदानी नम्बर टिएई ११५९४३ बाहक तान्जानियन नागरिक ३० वर्षीय अब्दुल्लाह अबूलिकी समेत ४ जनालाई असार २ गते पक्राउ गरेको छ । निग्रागीको क्रममा अबूलिकीको गतिविधि शंकास्पद देखिएपछि जाँच गर्दा सुटकेसभित्र फल्सबटम बनाई लुकाई राखेको उक्त हेरोइन सहित काठमाडौं महानगरपालिका-६ बौद्धस्थित एक होटलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी फ्लाई दुबईको उडानद्वारा साउथ अफ्रिका, दुबई हुँदै काठमाडौं आएका थिए । साथै उक्त लागूऔषध लिन आएका भारत हरियाना साप्ला तसिलगान्दा ठेगाना भएका ४६ वर्षीय मुनिम सिंह, सोही ठाउँ ठेगाना भएका ४३ वर्षीय बिक्रमजित सिंह र पर्सा वीरगंज महानगरपालिका-१३ ठेगाना भएका ३० वर्षीय बिक्की रौनियारलाई समेत प्रहरीले पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका-२७ स्थित सडक किनाराबाट १९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा कमल गाउँपालिका-४ ठेगाना भएका अनुप बराईली भन्ने ३६ वर्षीय होम बहादुर विश्वकर्मा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ ठेगाना भएका २४ वर्षीय रोशन फुँयाल रहेका छन् । अनुसन्धानको क्रममा होम बहादुर बस्दै आएको काठमाडौं महानगरपालिका-७ स्थित होटल थ्री डिको १०१ नम्बरको कोठाबाट थप ५२ ग्राम खैरो हेरोइन, ४३ ग्राम ५ सय मिलीग्राम लागूऔषध एम्फेटामाइन जस्तो देखिने पदार्थ, १ थान डिजिटल तराजु, नगद १ लाख रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । 

उनीहरु उपर लागूऔषध मुद्दामा म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पक्राउ
२०७९-०३-२१

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाजाँको धुलो जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएको ३२ वर्षीय जिवन चौधरीलाई सोमबार साँझ प्रहरी पक्राउ गरेको छ । झोलामा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालीका-५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषध १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन सहित बारा कलैया नगरपालिका-९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५९५८ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको झोलाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्कबाट नियन्त्रित लागूऔषध ९ सय १७ एम्पुल नुरफिन, ९ सय ५ एम्पुल फनारगन र ९ सय २४ एम्पुल डाइजेपाम सहित रुपन्देही खैरेनी नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद पुरी सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुटवलदेखि बागलुङतर्फ जाँदै गरेको लु.२ ख ५३१६ नम्बरको बसमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।