अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१२
- A
- A-
- A+
मोरङ, बिराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट नियन्त्रित लागूऔषध ६४ एम्पुल लुपिजेशिक, ६४ एम्पुल एभिल, ६४ एम्पुल डाईजेल्याब र ६४ एम्पुल फेनारगन सहित रामेछाप मन्थली नगरपालिका-१२ बस्ने १९ वर्षिय सुभाष बुढाथोकीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजारबाट ४ केजी अवैध लागूऔषध गाँजा सहित सिरहा मिर्चैया नगरपालिका-६ बस्ने ७० वर्षीय फुलगेन महरालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
झापा, शिवसताक्षी नगरपालिका-१० दोमुखाबाट १७ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कन्काई नगरपालिका-३ बस्ने ४३ वर्षीय बेनु प्रसाद चिमरीया, सोही नगरपालिका-४ बस्ने ३२ वर्षीय हेम नारायण चौधरी र ईलाम माई नगरपालिका-८ बस्ने २५ वर्षीय सुजेन्द्र राई रहेका छन् । दोमुखमा लागूऔषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध, नगद ८८ हजार ५ सय रुपैयाँ, २ थान मोबाइल र ३ वटा मोटरसाइकल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । सोही कारोबारमा संलग्न रहेका दमक नगरपालिका-१० बस्ने अन्य २ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।