अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१३
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीबाट १ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३० वर्षीय सरोज ढकाललाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले पदैलयात्री उनलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-५ बुढीपुलबाट करिब ८ किलो अवैध लागूऔषध गाँजा सहित धनकुटा साँगुरिगढी गाउँपालिका-८ बस्ने ३० वर्षीय सुरेन्द्र राई समेत ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थाई प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।