अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१७
- A
- A-
- A+
धनुषा, जनकपुर उपमहानगरपालिका-९ थापा चोकबाट १ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने वस्तु र १ ग्राम ३ सय ७० मिलिग्राम अवैध लागूऔषध चुना जस्तो देखिने पदार्थ सहित सप्तरी खडक नगरपालिका-८ बस्ने २४ वर्षीया रजनी कुमारी चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध बोकी केही मानिसहरू हिँडिरहेको सूचानाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीसँगै रहेका सिरहा मिर्चैया नगरपालिका-२ बस्ने ३० वर्षीय मो.आरिफ हुसेनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट ७ ग्राम १ सय ३५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित काभ्रे खानिखोला गाउँपालिका-२ बस्ने २५ वर्षीय कृष्ण थापालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ३-०१-००५ ख ९६५४ नम्बरको हाईसमा सवार उनलाई जाँच गर्ने क्रममा चुरोटको खाली बट्टाभित्र ल्याएको उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।