प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-०३-१८

  • A
  • A-
  • A+
Share

तनहुँ, बन्दिपुर गाउँपालिका-२ गैरागाँउ बस्ने ४५ वर्षीय राजन श्रेष्ठलाई करिब ७ केजी अवैध लागूऔषध गाँजा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा गाँजा राखेको छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बन्दिपुरबाट खटिएको प्रहरीले तलासी गर्दा कोठामा लुकाई राखेको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । 

बाँके, नेपालगंज उपमहानगरपालिका-१६ जयसपुरबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित बैजनाथ गाउँपालिका-३ सिमलघारी बस्ने ३० वर्षीय अमन रोकामगरलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । रुपैडिहाबाट नेपालगंजतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-३ गुरुजीबाट करिब ३ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने वस्तु सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा  मकवानपुर  हेटौंडा उपमहानगरपालिका-१६ हटिया बस्ने २५ वर्षीय अनिल कुमार नगरकोटी र रौतहट चन्द्रपुर नगरपालिका-९ सिन्दुरे बस्ने ३५ वर्षीय नवराज बिक रहेका छन् । ना.४६ प १३३० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा लुकिङ ग्लासको रबरभित्र र दुवै जनाको साथबाट उक्त वस्तु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट करिब २ सय ६० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र २० ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राजेपाम र नाइट्राभेट सहित मोरङ रामथान गाउँपालिका-१ लखन्तरी बस्ने २३ वर्षीय रोशन कुमार भगतलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको प्र ३-०१-००६ ख ११७४ नम्बरको हाइसलाई ईलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनले झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

पर्सा, वीरगंज महानगरपालिका-२५ सिर्सिया भन्सार नजिक सडकबाट २ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ र ३ बोतल नियन्त्रित लागूऔषध उइन्सिरेक्स सहित कलैया उपमहानगरपालिका-४ घुसुकपुर बस्ने बारा गढीमाई नगरपालिका-२ जोलगावा घर भएका २० वर्षीय सिद्धान्त कुमार यादव सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।  भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०३६ प २६५६ र प्रदेश २-०३-०२१ प १०९५  नम्बरको मोटरसाइकललाई वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी दुवै मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ जरुवाटोलबाट करिब १२ किलो अवैध लागूऔषध गाँजा, करिब ५० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ, नगद ७३ हजार ४ सय रुपैयाँ र १ हजार भारतीय रुपैयाँ सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका भैराङ बस्ने ४१ वर्षीय सुक बहादुर गोले र सोही ठाउँ बस्ने ४५ वर्षीय प्रकाश बल रहेका छन् । चुनियाबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००५ प ७०२८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरूले प्रहरी चौकी भैसेमा खटिएको प्रहरीले जाँच गर्न खोज्दा भागेपछि उक्त टोलबाट नियन्त्रणमा लिएर जाँच गर्दा उक्त लागूऔषध र नगद सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा पक्राउ
२०७९-०४-२३

काठमाडौं, सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा काठमाडौं माछापोखरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-८ घर भएका २८ वर्षीय ज्ञानेन्द्र सेन्चुरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  टोखा नगरपालिका-८ जाल्पाचोक भुवनेश्वर मार्गमा ज्ञानेन्द्रले काठमाडौं माछापोखरी बस्ने नुवाकोटकी ५९ वर्षीया महिलाको घाँटीमा लगाएको पहेंलो धातुको सिक्री तानी भागेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई ३ थान सिक्री सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट नेपाल पुलिस स्कुल साँगामा नवनिर्मित भवनहरूको उद्‌घाटन
२०७९-०४-२३

काभ्रेपलाञ्चोक, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित एकेडेमिक ब्लक, मेस भवन र  २ वटा पुरुष छात्रावास भवनको सोमबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभयो । उद्‍घाटन पश्चात उहाँले नवनिर्मित भवनहरुको निरीक्षण गर्नुको साथै नवनिर्मित एकेडेमिक ब्लक परिसरमा वृक्षारोपण समेत गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले उक्त स्कुलमा लामो समयसम्म आवद्ध रही योगदान पुर्‍याए बापत कदर गर्दै शिक्षक उद्वव कार्कीलाई डिबी लामा टिचर्स अवार्ड २०७८ र नगद सहित सम्मान गर्नुभयो । यसैगरी उहाँले २५ वर्षभन्दा लामो अवधिसम्म विद्यालयमा योगदान गर्ने शिक्षक तथा कर्मचारीहरु सुरेन्द्र वाग्ले, कृष्ण बहादुर बिष्ट, श्याम सुन्दर सापकोटा, कृष्ण राज अर्याल, शम्भु प्रसाद निरला, हरिहर तिमिल्सिना, राज कुमार नेपाल, निर बहादुर थापा र राज कुमार पोखरेल तथा हाल कार्यरत शिक्षकहरू हरि भक्त कार्की, सन्जोक अधिकारी, रबिना श्रेष्ठ, शिव हरि थापालाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले तुल्सीभक्त कन्सट्रक्सन प्रालि, तारा निर्माण सेवा र ब्राइट कन्सट्रक्सन प्रालि एवं प्रहरी विद्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारीहरूलाई समेत कदरपत्र प्रदान गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले गुणस्तर र प्रभावकारी शिक्षा प्रवर्द्धनमा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै नवनिर्मित भवनहरूबाट विद्यार्थीहरूको शैक्षिक वातावरण, बसोबास र मेश सुविधाहरूमा उल्लेखनीय अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । शिक्षा प्रणालीलाई थप समयसापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता पूरा गर्न दक्ष एवं सुयोग्य जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कूल एक अनुकरणीय र सफल विद्यालयको रूपमा स्थापित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै उहाँले नेपाल प्रहरी अपराध अनुसन्धान तथा नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनका अतिरिक्त सामाजिक, कल्याणकारी र सेवामूखी कार्यहरूमा समेत सक्रिय रहँदै आएको चर्चा गर्नुभयो । स्कुलको विकासका लागि आवश्यक पर्ने भौतिक संरचना लगायत विविध पक्षको स्तरोन्नति गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल पुलिस स्कुललाई नेपालकै उत्कृष्ट स्कुलको रुपमा स्थापित गर्न क्रियाशील रहेको धारणा उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक अरुण कुमार विसीले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो प्रदान गर्नुभयो । सोही स्कूलका निमित्त प्राचार्य सुरेन्द्र वाग्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी निरीक्षक ई. शम्भू प्रसाद कोइरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  उक्त भवनहरु नेपाल पुलिस स्कुल साँगाको आन्तरिक स्रोत, नेपाल प्रहरी कल्याण कोषको ऋण सहयोग तथा नेपाल सरकारको तर्फबाट राष्ट्रिय पुन: निर्माण प्राधिकरण कोषको सहयोग गरी कूल २१ करोड ३४ लाख ३२ हजार ७ सय ४६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । कूल ६३,८६३/७२ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएका उक्त भवनहरु २०७६ मंसिर १८ गते सुरु भई विभिन्न चरणमा सम्पन्न भएका हुन् । नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, बनेपा नगरपालिकाका प्रमुख, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव महानिरीक्षकहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय तहका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

गण्डकी प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सम्पन्न
२०७९-०४-२३

कास्की, गण्डकी प्रदेश सरकार आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माको प्रमुख आतिथ्यमा गण्डकी प्रदेशस्तरीय एक दिवसीय अपराध अनुसन्धान समीक्षा गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको छ । उक्त अवसरमा मन्त्री विश्वकर्माले गोष्ठीको उद्‌घाटन गर्दै पछिल्लो समय अपराधका स्वरूप फरक-फरक ढंगले अघि बढेको सन्दर्भमा प्रहरीले पनि सोही अनुसार रणनीति बनाई अपराध अनुसन्धानमा लाग्नुपर्ने बताउनुभयो । समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले फौजदारी न्याय प्रणालीका तीन खम्बा नेपाल प्रहरी, सरकारी वकिल र अदालतबीच आपसी सहयोग, समन्वय र विश्वास आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तीनवटै निकायबीच आपसी समन्वय, सहयोग र विश्वास भएमा मात्र दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सकिन्छ ।’प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीको मुख्य दायित्व अपराध अनुसन्धान रहेको र यसलाई अझ बढी निखार्दै अघि बढ्ने विषयमा प्रहरी सधैं दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभयो । मंसिरमा हुन लागेको संघ र प्रदेशको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्र तरिकाले सम्पन्न गर्ने वातावरण बनाउने प्रहरीको मुख्य दायित्व रहेकाले सोही अनुसार काम गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालय प्रमुखहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । साथै उहाँले गोष्ठीले गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण मुद्दा चल्ने प्रहरी कार्यालयबीच आपसी समन्वय बढाएर अपराध अनुसन्धानमा दक्ष बनाउने विश्वास समेत व्यक्त गर्नुभयो ।उक्त अवसरमा मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता रोहित राज बाँस्तोलाले गोष्ठीका उपलब्धीलाई कार्यान्वयन गर्न सके प्रहरीले अझै धेरै सफलता हासिल गर्न सक्ने बताउनुभयो ।सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुसन्धानलाई भरपर्दो, पारदर्शी र विश्वासिलो बनाउन गोष्ठीको आयोजना गरिएको बताउनुभयो । गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक रामदत्त जोशी र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले समेत आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा संयुक्त रूपमा आयोजित उक्त गोष्ठीमा गण्डकी प्रदेश मातहतका ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आ-आफ्नो कार्यालयमा दर्ता भएका मुद्दाको अनुसन्धानमा गरिएका नविन प्रयोगहरूको विषयमा प्रस्तुतिकरण गर्नुभएको थियो भने अनुसन्धानको विद्यमान अवस्थाको समीक्षा र अनुसन्धान सम्बन्धी नविन कानुनी व्यवस्था र अभ्यास लगाएतका विषयमा सहभागीहरूबीच छलफल भएको थियो । 

अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-२३

काठमाडौं, काठमाडौं महानगरपालिका-३ नारायणगोपाल चोकबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल नुर्फिन, ४७ एम्पुल डाइजेपाम, ४७ एम्पुल फेनारगन सहित काठमाडौं सुकेधारा बस्ने नवलपरासी तम्सारीया नगरपालिका-४ घर भएका २४ वर्षीय आशिक कुमाल लगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीलाई देख्नासाथ लु.४० प ४१५० नम्बरको मोटसाइकलमा भाग्ने क्रममा आफैं लडेपछि जाँच गर्दा उनीहरुलाई उक्त परिमाणको लागू औषध सहित फेला पारी पक्राउ गरेको हो । कास्की, पोखरा महानगरपालिका-१३ ढिकालेथरबाट नियन्त्रित लागूऔषध २५ एम्पुल नुर्फिन, २५ एम्पुल डाईजेपाम, २५ एम्पुल फेनारगन सहित सोही महानगरपालिका-१३ बाझापाटन बस्ने ४० वर्षीय विकास गुरूङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लु.८७ प ७६४६ नम्बरको स्कुटरलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरमा सवार विकासलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-७ मनेहराबाट करिब ३ सय मिलिग्राम अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने २२ वर्षीय नरेश थापालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  सिरहा, लहान नगरपालिका-२० गोल्छारीबाट नियन्त्रित लागूऔषध ४७ एम्पुल व्युप्रिनोर्फिन, ४७ एम्पुल फेनारगन, ४७ एम्पुल डाईडिल्याव र ६० ट्याब्लेट नाइट्रोभेट सहित सोही नगरपालिका-८ बस्ने ३४ वर्षीय अर्जुन कुमार महतोलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी सिरहा, लहान नगरपालिका-३ अस्पताल चोकबाट नियन्त्रित लागूऔषध ९ सय ९१ एम्पुल फेनारगन, ९ सय ९१ एम्पुल डाईजेपाम, ९ सय ९१ एम्पुल व्युप्रिनोर्फिन सहित लहान नगरपालिका-१ बस्ने ३० वर्षीय दिलिप साह लगायत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त पिरमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको छ । धादिङ, गजुरी गाउँपालिका-६ पोखरेखोलाबाट करिब ९ केजी अवैध लागूऔषध गाँजा सहित गल्छी गाउँपालिका-४ ज्यामिरेचौर बस्ने १८ वर्षीय किशोर लगायत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौडा उपमहानगरपलिका-१६ चिसापानी बस्ने वर्ष ३९ वर्षीय सुभाष लामिछानेलाई ३ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।