जुवातास खेलिरहेको अवस्थामा २४ जना पक्राउ
२०७८-०६-२३
- A
- A-
- A+
काठमाडौं, गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोकास्थित बारा घर भएका ४३ वर्षीय मन बहादुर तामाङको गलैंचा कारखानामा कौडा खेलिरहेको अवस्थामा मान बहादुर लगायत ११ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त कारखानामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ७२ हजार ६ सय ५ रुपैयाँ र १५ वटा कौडा सहित फेला पारी पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-९ दुबिचौरा बस्ने श्याम लाल चौधरीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५५ वर्षीय दुर्गा बहादुर घर्ती लगायत १३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ७ हजार ३ सय ५ रुपैयाँ र २ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।