जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०७९-०४-२२
- A
- A-
- A+
काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-९ दिर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा बस्नेतका भाइ युवराज बस्नेत समेत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा युवराजले जुवातास खेलाइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १४ बुक तास, २ हजार भारतीय रूपैयाँ र १ लाख ६४ हजार ३ सय ४४ नेपाली रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।