प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-०४-२५

  • A
  • A-
  • A+
Share

बाँके, खजुरा गाउँपालिका-६ सिमलघारी प्रतिक्षालयबाट करिब २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने १९ वर्षीय प्रेम बिक लगायत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

झापा, अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगानबाट ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र २ ग्राम १३ मिलिग्राम अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३५ वर्षीय लाल बहादुर दर्जीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बुट्टाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

नवलपरासी (पूर्व), देवचुली नगरपालिका-१६ स्थितबाट नियन्त्रित लागूऔषध ३३ एम्पुल नुफिन, ३२ एम्पुल प्रोमेथाजाईन र ३३ एम्पुल डाईजेपाम  सहित तनहुँ भानु नगरपालिका-२ बस्ने ३१ वर्षीय ईन्द्र बहादुर बाचेँ मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ग.१४ प ६५०८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय रजहरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक मगरलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

सिरहा, लहान नगरपालिका-१३ सरस्वती बलुवा टोल बस्ने २७ वर्षीय नन्द कुमार महतोको घरको कोठाबाट फेनारगन, डाईजेपाम र नोफिन गरी जम्मा ७ सय ३६ एम्पुल नियन्त्रित लागूऔषध मंगलबार राति प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट पक्कीटोलबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध बरामद गरेको हो । हाल फरार नन्द कुमार महतोको खोजी भइरहेको छ ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८०-१२-१५

मोरङ, विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम ३७ मिलिग्रामसहित सोही महानगरपालिका-१० बस्ने ३९ वर्षीय मेघराज मण्डललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय घुमन रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्रामसहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने २८ वर्षीय हरी लाल राना र ३४ वर्षीय राम बिलाश राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी रिंङ रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रतिक चौधरी समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ नयाबसपार्कस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१७ बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएकी २१ वर्षीया निर्जला घर्ती मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी दाङ, गढवा गाउँपालिका-८ कोईलावासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित भारत सिद्धार्थनगर डुमरियागञ्ज बस्ने २३ वर्षीय सोहिल राईनी समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोइलाबास र सशस्त्र प्रहरी बलसमेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध खैरो हेरोइनसहित कञ्चनपुर र मोरङबाट तीन जना पक्राउ
२०८०-१२-१४

कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराइज नानपारा उत्तर प्रदेश बस्ने १९ वर्षीय संजय बालमिक र भारत शाहजपुर उत्तर प्रदेश बस्ने १९ वर्षीय अर्जुन बालमिक रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१७ इस्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्रामसहित भारत बिहार अररिया जोगवनी-१७ बस्ने ३२ वर्षीय मो.इभरामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवामा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३८ एजि ४२३७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक इभरामलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित चितवन र झापाबाट ६ जना पक्राउ
२०८०-१२-१४

चितवन, ईच्छाकामना गाउँपालिका-७ सिमलडाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित सोही ठाउँ बस्ने ३० वर्षीया नरमायाँ गुरूङ समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । झापा, बुद्धशान्ति गाउँपालिका-१ बिचचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय श्याम सुन्दर ठाकुर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित कञ्चनपुर र कैलालीबाट पाँच जना पक्राउ
२०८०-१२-१२

कञ्चनपुर, भिमदत्त नगरपालिका-१० सुकाशालस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-५ बस्ने २२ वर्षीय धिरज बिष्ट, कृष्णपुर नगरपालिका-३ बस्ने २१ वर्षीय दिनेश बिष्ट, सुक्लाफाँटा नगरपालिका-१० बस्ने २८ वर्षीय रोशन चन्द र भिमदत्त नगरपालिका-१ बस्ने २६ वर्षीय प्रदिप परियार रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सु.प.प्र.०२००१ ह २२३० नम्बरको अटोलाई जाँच गर्न क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय करन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।