अवैध लागूऔषध गाँजा सहित पक्राउ
२०७९-०४-२५
- A
- A-
- A+
उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ता खोलाबाट करिब ३ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १९ वर्षीय कमल चौधरी र २४ वर्षीय सुनिल बस्नेत रहेका छन् । ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।