तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
२०७८-०६-२५
- A
- A-
- A+
झापा, कमल गाउँपालिका-३ केर्खास्थित सोही गाउँपालिका-४ बस्ने ३३ वर्षीय संजिव लिम्बुको ल्याण्ड होटलमा तास खेलिरहेको अवस्थामा लिम्बु लगायत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उक्त होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५० हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।