प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट १४ जना पक्राउ

२०७९-०४-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१० बालुवाखानी बस्ने ३९ वर्षीय डम्मर बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६७ हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

जुम्ला, तातोपानी गाउँपालिका-५ श्रीनगर बस्ने वीर बहादुर शाहीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय गोबिन्द बहादुर डाँगी समेत ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-२ शिवनगर टोलस्थित कञ्चनपुर भिमदत्त नगरपालिका-४ बस्ने ४५ वर्षीय सन्देश केसीको सनफ्लोर गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा केसीसहित ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त गेष्ट हाउसमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ९० हजार १ सय रूपैयाँ र ११ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ३५ जना पक्राउ
२०८०-१२-११

काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं रानिवन बस्ने गोरखा ताकुकोट-४ घर भएका ३५ वर्षीय सुजन थापा समेत १३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ८ सय २५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यसैगरी काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवन सनराइज हाइटस्थित रिता भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने धादिङ चरौदी घर भएका ३५ वर्षीय रामजी उप्रेती समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।कास्की, पोखरा महानगरपालिका-१९ लामाचौरस्थित निर्मला पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१९ गैरीखोर बस्ने ३२ वर्षीया रिया गर्बुजा समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ६ सय ३० रूपैयाँ र ४ बुक  ताससहित पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-१८ नख्खूस्थित रूम्बा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-४ नख्खु बस्ने धादिङ निलकण्ठ नगरपालिका-४ घर भएका ४४ वर्षीय राजेन्द्र बहादुर आलेमगर समेत १० जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६ हजार ७ सय २५ रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।