अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-२९
- A
- A-
- A+
झापा, विर्तामोड नगरपालिका-४ बस्ने ४० वर्षीय उमेश चौधरी र सोही नगरपालिका-३ डेरा गरी बस्ने २७ वर्षीया प्रतिक्षा चौधरीलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उमेशको साथबाट ४ ग्राम २ सय मिलिग्राम र प्रतिक्षाको साथबाट ५ ग्राम उक्त पदार्थ प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी विर्ताबजारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मे.१ ह २९२१ नम्बरको अटोका चालक उमेशलाई विर्तामोड नगरपालिका-४ पुरानो बिजुली अफिस नजिकबाट र प्रतिक्षालाई उनकै डेरा कोठाबाट उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बर्दिया, मधुवन नगरपालिका-७ तारातालबाट २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धूलो पदार्थ सहित सोही ठाउँ बस्ने १९ वर्षीय पवन महत लगायत ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट नियन्त्रित लागूऔषध २ सय एम्पुल नुर्फिन, २ सय एम्पुल डाईजेपाम र २ सय एम्पुल फेनारगन सहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका सनही घर भएका २० वर्षीय दिपेश लोहारलाई
शनिबार राति प्रहरीले पक्राउ गरेको छ । नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख ४०६ नम्बरको हायस गाडीलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार लोहारले झोलामा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-३ चिसापानीबाट करिब ४ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने सेती महाकाली होटलकी संचालक ५० वर्षीया बिमला केसीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी जाँच गर्ने क्रममा बिमलालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै आवश्यक अनुसन्धान एवं सोधपुछको क्रममा उक्त लागूऔषध सोही ठाउँ बस्ने २८ वर्षीया दिपा बिष्ट (साउद)ले बिक्री गर्न दिएको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।