नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न
२०७९-०४-३०
- A
- A-
- A+
काठमाडौं, नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डपको ३८औं वार्षिकोत्सवको अवसरमा भृकुटीमण्डपस्थित नेपाल पुलिस हेल्थ क्लब परिसरमा सोही संघद्वारा आयोजित रक्तदान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयलगायत उपत्यकास्थित विभिन्न कार्यालयमा कार्यरत १११ जना पुरुष र १२ जना महिला गरी जम्मा १२३ जना प्रहरी कर्मचारीहरूले रक्तदान गर्नुभयो ।
यसैगरी सोही संघको ३८औं वार्षिकोत्सवको अवसरमा संघद्वारा काठमाडौं पशुपति मन्दिर परिसरमा आजै आयोजित रक्तदान कार्यक्रममा २२ जना पुरूष र ३० जना महिला गरी जम्मा ५२ जना महानुभावहरूले रक्तदान गर्नुभयो । ब्लड डनर एशोसियसन नेपाल काठमाडौंको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।