अवैध लागूऔषध सहित पक्राउ
२०७९-०५-०३
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ६ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजाको धुलो सहित धादिङ थाक्रे गाउँपालिका-१ बस्ने ३१ वर्षीय अर्जुन तामाङलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ९०५१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार अर्जुनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुरस्थित सडकबाट ३ सय ७० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही महानगरपालिका-१५ भिस्वा बस्ने ३४ वर्षीय पंकज कुमार गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश २-०३-०११ प १४२९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक गुप्ताको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।