प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित पक्राउ

२०७९-०५-०४

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ६ केजी अवैध लागूऔषध गाँजा सहित काभ्रे चौबास गाउँपालिका-८ बस्ने ५१ वर्षीया बिमला गुरुङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले त्रिशुलीदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ८२३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट करिब १ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित धादिङ जलमुखी गाउँपालिका-२ बस्ने २९  वर्षीय पुष्कर तामाङ लगायत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले धादिङबाट पोखरातर्फ जाँदै गरेको ग.१९ प १०९५ नमबरको मोटरसाइकललाई जाँच गर्ने क्रमममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

धनकुटा, धनकुटा नगरपालिका-९ मुलघाटस्थित सडकबाट करिब ५ केजी अवैध लागूऔषध गाँजा सहित साँगुरीगढी गाउँपालिका-९ हर्दिया बस्ने २० वर्षीय सनिल राईलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-०४४ प ३४१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक सनिललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगंज महानगरपालिका-२१ परवानीपुरबाट करिब १ सय ७२ केजी अवैध लागूऔषध गाँजा सहित डब्लुबी ११ इ ९०३३ नम्बरको ट्याङ्करका चालक भारत घर भएका ४४ वर्षीय लाल बिहारी यादवलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी उक्त ट्याङकरलाई जाँच गर्ने क्रममा ट्याङ्करको तेल हाल्ने भागमा लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । 

सिरहा, लहान नगरपालिका-१९ कटहाचोकबाट नियन्त्रित लागूऔषध फेनरागन १ हजार एम्पुल, डाईजेपाम ४ सय ८७ एम्पुल र व्युप्रिनोर्फिन ४ सय ४८ एम्पुल सहित लक्ष्मीपुर पतारी गाउँपालिका-६ बस्ने ३२ वर्षीय निरन्जन यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले स.५ प७७५५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक निरन्जनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

बारा, कलैया उपमहानगरपालिका-२० गण्डक नहर चोकबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ सय एम्पुल, फेनारगन ६ सय एम्पुल, नुर्फिन ६ सय एम्पुल र नाईट्राभेट ३ सय ट्याब्लेट सहित २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार मोतिहारी महुअवा थाना ग्राम पंचायत कोरैया-१ बस्ने ३२ वर्षीय चन्दन मिश्रा र कोरैया-२ बस्ने २५ वर्षीय धर्मजित कुशवाहा रहेका छन् । प्रहरी चौकी बसतपुरबाट खटिएको प्रहरीले बिआर ३० आर ९३९१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध ब्राउनसुगरसहित चार जना पक्राउ
२०८०-१२-१६

झापा, झापाका विभिन्न स्थानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरीले कन्काई नगरपालिका-४ बस्ने २३ वर्षीय सलिम आलम समेत २ जनालाई कन्काई नगरपालिका-३ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्रामसहित बिहीबार दिउँसो पक्राउ गरेको हो । यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरीले शिवसताक्षी नगरपालिका-१० बस्ने २८ वर्षीय अजय बस्नेतलाई कन्काई नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ८० मिलिग्रामसहित बिहीबार बेलुकी पक्राउ गरेको हो ।  यसैगरी लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका भारत ठाकुरगंज बस्ने ३२ वर्षीय मोहम्मद मुन्नालाई मेचिनगर नगरपालिका-‍६ मेची पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित बिहीबार राति पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एक किलो ४५५ ग्राम कोकिनसहित दुई जना ब्राजिलियन नागरिक पक्राउ
२०८०-१२-१६

काठमाडौं महानगरपालिका-१७ ठमेलस्थित होटलबाट अवैध लागूऔषध कोकिन १ किलो ४ सय ५५ ग्रामसहित २ जना ब्राजिलियन नागरिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो डोस सानटोस र फर्नान्डा भेल डोस सानटोस रहेका छन् ।   लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले लारिसनलाई ८ सय ४० ग्राम र फर्नान्डालाई ५ सय ५० ग्राम अवैध लागूऔषध कोकिनसहित पक्राउ गरेको थियो । अनुसन्धानको क्रममा दुवै जनाले ब्राजिलको सापाउलोबाट कोकिनको क्याप्सुलहरू निलेर पेटमा लुकाई नेपाल ल्याएको खुल्न आएको छ । साथै उनीहरूको पेटमा  थप क्याप्सुलहरू हुन सक्ने देखिएकाले तत्काल दुवै जनालाई नेपाल प्रहरी अस्पताल पठाइएकोमा लारिसनको पेटबाट थप ६ वटा प्लाष्टिकले र्‍यापिङ गरिएका क्याप्सुलभित्र कोकिन ६५ ग्राम बरामद भएको हो ।  बरामद गरिएको अवैध लागूऔषध कोकिनको अवैध बजार मुल्य ४ करोड ३६ लाख ५० हजार रूपैयाँ हुन आउने उक्त ब्यूरोले जनाएको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ । 

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८०-१२-१५

मोरङ, विराटनगर महानगरपालिका-१५ दुई नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २६ ग्राम ३७ मिलिग्रामसहित सोही महानगरपालिका-१० बस्ने ३९ वर्षीय मेघराज मण्डललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१३ बस्ने २८ वर्षीय घुमन रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-८ धनगढीगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ७० मिलिग्रामसहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-८ बस्ने २८ वर्षीय हरी लाल राना र ३४ वर्षीय राम बिलाश राना रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ बैयाबेहडी रिंङ रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३० वर्षीय प्रतिक चौधरी समेत २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ नयाबसपार्कस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७ सय ९० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१७ बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएकी २१ वर्षीया निर्जला घर्ती मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी दाङ, गढवा गाउँपालिका-८ कोईलावासबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित भारत सिद्धार्थनगर डुमरियागञ्ज बस्ने २३ वर्षीय सोहिल राईनी समेत ६ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोइलाबास र सशस्त्र प्रहरी बलसमेतबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषधसहित चितवन र झापाबाट ६ जना पक्राउ
२०८०-१२-१४

चितवन, ईच्छाकामना गाउँपालिका-७ सिमलडाँडाबाट अवैध लागूऔषध गाँजा ११ किलोसहित सोही ठाउँ बस्ने ३० वर्षीया नरमायाँ गुरूङ समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । झापा, बुद्धशान्ति गाउँपालिका-१ बिचचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय श्याम सुन्दर ठाकुर समेत २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध खैरो हेरोइनसहित कञ्चनपुर र मोरङबाट तीन जना पक्राउ
२०८०-१२-१४

कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय १० मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराइज नानपारा उत्तर प्रदेश बस्ने १९ वर्षीय संजय बालमिक र भारत शाहजपुर उत्तर प्रदेश बस्ने १९ वर्षीय अर्जुन बालमिक रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१७ इस्लामपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्रामसहित भारत बिहार अररिया जोगवनी-१७ बस्ने ३२ वर्षीय मो.इभरामलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मटेरूवामा र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३८ एजि ४२३७ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक इभरामलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।