छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित चार जना पक्राउ
२०७९-०५-०५
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित धादिङ गल्छी गाउँपालिका-१ बस्ने २८ वर्षीय सरोज कुमार साह र २२ वर्षीय नबिन मगरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख २८८३ नम्बरको टिपरलाई नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा टिपरको सिट मुनि लुकाई ल्याएको उक्त गाँजा सहित टिपरका चालक सरोज र सहचालक नबिनलाई पक्राउ गरेको हो ।
मुगु, छायाँनाथ रारा नगरपालिका-२ ढाँडमोडबाट अवैध लागूऔषध ब्राउन सुगर करिब ५ ग्राम ७ मिलिग्राम सहित बर्दिया बढैयाताल गाउँपालिका-१ सितापुर बस्ने २६ वर्षीया पबित्रा बिसी थापालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा पबित्रालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ कोत्रेबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित स्याङ्जा वालिङ नगरपालिका राममाच्छ बस्ने २५ वर्षीय अनिल गुरूङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९६२१ नम्बरको माईक्रोबसलाई अस्थाई प्रहरी पोष्ट कोत्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माईक्रोबसमा सवार अनिललाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।