छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०७९-०५-०८
- A
- A-
- A+
दाङ, घोराही उपमहानगरपालिका-१३ सेवारखोलाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ करिब १ ग्राम सहित सोही उपमहानगरपालिका-१३ प्रगती नगर टोल बस्ने १८ वर्षीय किशोरलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले प्रगती नगर टोलस्थित ती किशोरको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी ती किशोरलाई पक्राउ गरेको हो ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा करिब ८ किलो ६० ग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय बुद्ध तामाङ र जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने २७ वर्षीय सुरेश घलानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगन्ज र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।