अवैध लागूऔषध सहित पक्राउ
२०७९-०५-१०
- A
- A-
- A+
तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ कोत्रेबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार २ सय ट्याब्लेट सहित धादिङ सिद्धलेक गाउँपालिका-६ बस्ने ४२ वर्षीय पूर्ण बहादुर बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले रौतहटबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ५४६७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
धनुषा, मिथिला नगरपालिका-९ बेंगाडावरबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ९८ ट्याब्लेट र नगद ५ हजार ७ सय रूपैयाँ सहित सोही नगरपालिका-९ बस्ने २७ वर्षीय संजिव कुमार महतोलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको संयुक्त टोलीले ज.१२ प ४९२३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक महतोलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा ९ केजी ४ सय ग्राम सहित रौतहट साबिक औरैया गाविस-५ बस्ने २६ वर्षीय लखिन्द्र बैठालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ जाँदै गरेको ना.४ ख २२०८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार बैठालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-८ बस्ने २९ वर्षीय दिपक बस्नेत समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१५ प ३८५९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
रौतहट, वौधीमाई नगरपालिका-८ बंकुल बजारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ सय एम्पुल, फेनारगन ५ सय एम्पुल र बुप्रेनोर्फिन ५ सय एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पूर्बी चम्पारण थाना घोडासहन ग्राम पंचायत पुर्नहिया-६ बस्ने ४१ वर्षीय सुरेन्द्र प्रसाद जौसवाल र सोही ठाउँ बस्ने ३५ वर्षीया सुनिता देवी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बंकुलबाट खटिएको संयुक्त टोलीले बिआर ०५ वाई ४३३२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।