अवैध लागूऔषध सहित पक्राउ
२०७९-०५-१२
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-२१ भोटेबहालबाट अवैध लागूऔषध चरेस १ सय ७० ग्राम, पोल्यान्ड १ सय ३० ग्राम, ब्राउनसुगर ३ ग्राम, १ थान छुरी, १ थान प्लाष्टिकको पेस्तोल, १ थान डिजिटल तराजु, ४ थान घडी, २ थान मोबाईल र नगद १४ हजार ५ सय रुपैयाँ सहित सोही ठाउँ डेरा गरी बस्ने काभ्रे धुलिखेल नगरपालिका-११ घर बताउने ३३ वर्षीय अनिल श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त मालीगाउँबाट खटिएको प्रहरीले श्रेष्ठलाई उनकै डेरा कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-७ राधाकृष्ण मार्गबाट नियन्त्रित लागूऔषध डाईजापाम ६० एम्पुल, फेनरागन ६० एम्पुल र नुरफिन ६० एम्पुल सहित सोही ठाउँ बस्ने बाँके घर भएका २९ वर्षीय बिशाल रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले रानालाई उनकै कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१५ स्थितबाट अवैध लागूऔषध गाँजा १ केजी, ट्रामोल १ हजार क्याप्सुल र स्पासपेन १ हजार ट्याबलेट सहित सोही ठाउँ बस्ने ४१ वर्षीय अमर राई लागयत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले राईको कोठाबाट उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-१० बिशाल पथबाट नियन्त्रित लागूऔषध ट्रामोल १ हजार १ सय क्याप्सुल, स्पासपेन २ सय ५० ट्याबलेट र नगद १ लाख १३ हजार ५ सय रुपैयाँ सहित सोही उपमहानगरपालिका-१५ बस्ने २८ वर्षीय शिशिर श्रेष्ठ लगायत २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔष र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।