नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७९-०५-१४
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-३० पावरहाउस चोकबाट विभिन्न नियन्त्रित लागूऔषध सहित सोही महानगरपालिका-३० लामाचौर बस्ने २२ वर्षीय अजय जिसी र चितवन रत्ननगर नगरपालिका-१२ बस्ने २५ वर्षीय समिर कोईरालालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.१ ख ८१५७ नम्बरको बसमा सवार अजयलाई नियन्त्रित लागूऔषध नुर्फिन ७० एम्पुल, डाईजेपाम ७० एम्पुल र फेनारगन ७० एम्पुल सहित र नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ३०६५ नम्बरको हाईसमा सवार समिरलाई नुर्फिन १ सय एम्पुल, डाईजापाम १ सय एम्पुल र फेनारगन १ सय एम्पुल सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया तिनकुने चोकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ट्याब्लेट र फेनारगन, नुर्फिन र डाइजेपाम गरी १ हजार ७ सय ६० पिस सहित सिन्धुली कालापानी बस्ने २४ वर्षीय पूर्ण प्रसाद दाहाललाई गएराति प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.२-०३-००१ ख ३६२३ नम्बरको बसलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसका सहचालक पूर्ण प्रसादको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।