भरुवा बन्दुक सहित पक्राउ
२०७९-०५-१५
- A
- A-
- A+
लमजुङ, क्वहोलासोथार गाउँपालिका-९ साल्मेभञ्याङबाट २ नाल भरुवा बन्दुक सहित सोही गाउँपालिका-८ बस्ने २७ वर्षीय यम बहादुर राना मगरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भोर्लेटार र प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।