जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ
२०७९-०५-२०
- A
- A-
- A+
सर्लाही, हरिवन नगरपालिका-१ स्थित छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय तेज बहादुर गोले लगायत १२ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनीहरूलाई २ लाख ७१ हजार ६ सय नेपाली रूपैयाँ, २ सय ५० भारतीय रूपैयाँ, कौडा, तास र ८ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।