अवैध लागूऔषध सहित पक्राउ
२०७९-०५-२२
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ९ सय मिलिग्राम सहित पाँचथर फालेलुङ गाउँपालिका-५ बस्ने २४ वर्षीय राकेश थाम्सुहाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सिलगुडीबाट काठमाडौंतर्फ आउँदै गरेको डब्लुबी २५ के २९४० नम्बरको बसलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-२ कोत्रेबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित कास्की पोखरा महानगरपालिका-३२ बस्ने २१ वर्षीय बिशाल पुनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । दमौलीबाट पोखरातर्फ आउँदै गरेको ग.१ ख ५३३८ नम्बरको बसलाई अस्थाई प्रहरी पोष्ट कोत्रेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।